सुनको प्राविधिक बिश्लेषण : मुल्यले १३०० डलरको टेवा प्राप्त गर्दै

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
४ मे, २०१८ शुक्रबारसम्ममा दैनिक मैनबत्तीहरुको आधारमा गत ४ महिनादेखि अन्तराष्ट्रिय बजारमा सुनको मुल्य १३०५ देखि १३६० डलरको सिमाभित्र उताबचडाब भएको देखिन्छ र हाल मुल्यले १३०१ को टेवा प्राप्त गरि बजार केहि सकारात्मक भै १३१३.७० मा अन्तिम कारोबार भएको देखिन्छ ।
स्टोकास्टिक अक्सिलेटर सूचकले पछिल्लो समयमा ९ देखि २० अंकमा आएको देखिन्छ । यसले बजारमा क्रेताको चाप बलियो हुैदै गएको अर्थात आपूर्तीभन्दा माग बढी हुंदै गएको संकेत गर्दछ । १४ दिनको आरएसआई (RSI)  ४१ अंकमा रहेको देखिन्छ । मुल्यको प्रवृति गत ४ महिनादेखि प्रवृतिहिन रहेकोले आरएसआईको प्रवृति पनि प्रवृतिहिन देखिन्छ । त्यस्तै गरि २० दिनको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (EMA) ले दिएको संकेत पनि प्रभावकारी देखिन्दैन ।
माथि देखिएको चार्ट, मासिक मैनबत्तीको हो, यसको आधारमा सुनको मुल्य ३ बर्ष देखि प्रवृतिहिन रहेको देखिन्छ । त्यस्तै गरि गत २ बर्षदेखि १३५० देखि १३७५ डलर (प्रति औंस अर्थात २८.३५ ग्राम मुल्य बराबर) को प्रतिरोध क्षेत्रलाई मुल्यले पटक पटक परिक्षण गरि रहेको देखिन्छ । प्रवृतिहिन रहेको मुल्यले यहि समयावधिमा एसेन्डिङ्ग ट्रायगंल  (ascending  triangle) आकृति बनाउंदै गएकोले मुल्य केहि सच्चिए पनि त्यो अल्पकालिन समयको लागि मात्र हुन सक्ने संकेत गर्दछ ।
मे महिनाको मैनबत्ती कस्तो बनिन्छ, त्यो पनि महत्वपूर्ण हुने भएकोले त्यस समयमा ध्यान दिनु आवश्यक हुन्छ ।
सुनको मुल्यको प्रवृति र सूचांकको आधारमा मुल्य केहि सच्चिए पनि समग्रमा बजार सकारात्मक हुन सक्ने र तत्कालिन प्रतिरोध १३२२ मा रहेको देखिन्छ । त्यस्तै गरि यदि मुल्य १३०० भन्दा तल रहेमा बजार नकारात्मक क्षेत्रमा हुने प्रवल सम्भावना देखिन्छ र अर्को तत्कालिन टेवा १२८५ मा रहेको देखिन्छ ।

सावधानी स् आधिकारकि रुपमा उपलब्ध तथ्याङ्कहरुको आधारमा गरिएको बिश्लेषण आफैमा पूर्ण होइन । त्यसैले कारोबार गर्न अघि लगानीकर्ताहरु आफैले बिश्लेषण गर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार