निरन्तर बढ्दै बेस रेट : सस्तोमा कर्जा पाउन मुस्किल

Prabhu



इक्विटी नेपाल – काठमाडौँ :

बैंकहरुले बजारमा तरलता अभाब बढ्दै गएसंगै आफुले प्रवाह गरेका कर्जाको ब्याज दर पनि निरन्तर रुपमा वृद्धि गर्दै लागिरहेका छन्। यसरी निरन्तर ब्याजदरमा वृद्धि हुनुमा बैंकको आधार दरमा निरन्तर वृद्धि हुनु प्रमुख कारण रहेको छ।
बैंक तथा वित्तिय सँस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरु संग लिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रयोग गर्ने दरनै आधार दर हो। आधार दर गणना गर्दा निक्षेपको लागत , संस्था संचालनको लागि गर्नु पर्ने संचालन खर्च बापतको लागत ,शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत ,निक्षेप लागत भन्दा कम प्रतिफल प्राप्त हुने गरि बैधानिक तरलता अनुपात कायम गर्दाको लागत र संस्थाका लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफलको योगफल लिइन्छ।

 विगत दुई वर्षदेखि  बाणिज्य बैंकहरुको औषत आधार दर निरन्तर रुपमा उकालो लागेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ।

हरेक बैंक तथा वित्तिय संस्थाले मुनाफा आर्जन गर्ने तथा स्वयमको दिर्घकालीन अस्तित्वका निम्ति आधार दरमा थप प्रिमियम जोडी मात्र कर्जा प्रवाह गर्नु पर्दछ। विगत केहि वर्ष देखि बजारमा देखिएको लगानी योग्य पूँजीको अभावले गर्दा बैंक तथा वित्तिय संस्थाको कोषको लागत निरन्तर वृद्धि हुँदै गईरहेको छ। जसले गर्दा आधार दरपनि निरन्तर उकालो लाग्दै गईरहेको छ। विगत दुई वर्षदेखि  बाणिज्य बैंकहरुको औषत आधार दर निरन्तर रुपमा उकालो लागेको राष्ट्र बैंकको तथ्यांकले देखाउछ। 
यस्तै नेप्सेमा कारोबार भईरहेका २७ वाट बाणिज्य बैंकहरुको आर्थिक वर्ष २०७४/७५ को तीन वटा त्रैमासको रिपोर्टलाई अध्ययन गर्दा पनि आधार दर बढ्दै गईरहेको देखिन्छ।
यस आ.वको पछिल्लो तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार बाणिज्य बैंकहरुको औषत आधार दरपनि अघिल्लो त्रैमासको तुलनमा शून्य दशमलव ५२३ प्रतिशतले वृद्धि भएको देखिएको छ।
यसरी नै निरन्तर रूपमा आधार ब्याज दर वृद्धि हुने हो भने लगानीकर्ताले सस्तोमा कर्जा प्राप्त गर्ने छैनन्। जसले गर्दा बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवासय तथा लगानी गर्ने व्यक्तिहरुले महङ्गो ब्याज दरमा कर्जा लिन बाध्य हुनु पर्दा देशमा लगानी तथा आर्थिक गतिविधिमा नकारत्मक असर पर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार