SKIP THIS

MLBL

इलाम र सङ्खुवासभा जिल्लाका स्थानीय ले भर्न पाउने भए हाइड्रोपावरको शेयर

Prabhu
IPO-IN-NEPAL-JOSHI-HYDROPOWER-SHUBHAM-POWER-LOCAL

इक्विटी नेपाल – काठमाडौँ :
दुईवटा हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय जनताका निम्ति साधारण शेयर जारी गर्दै छन्। जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र शुभम पावर लिमिटेडले शेयर जारी गर्न लागेका हुन्।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेष्ठ ८ गते)देखि छिटोमा आगामी जेष्ठ २२ गतेसम्म आयोजना प्रभावित इलाम जिल्लाक इलाम जिल्लाका बासिन्दाहरुका लागि ३ लाख ७१ हजार ४ सय कित्ता साधारण शेयर(आइपिओ) जारी गर्न लागेको हो।
यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । इक्छुक लगानिकर्तले न्यूनतम ५० देखि अधिकतम १८०० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीको यस आइपिओ निष्कासनलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । जसको अर्थ कम्पनीको वित्तीय अवस्था आधारभूत भन्दा निकै कमजोर रहेको छ भन्ने जनाउँछ ।
त्यस्तै, शुभम पावर लिमिटेडले आगामी जेठ २० गतेदेखि छिटोमा आगामी असार ३ गतेसम्म आयोजना प्रभावित सङ्खुवासभाका स्थानीय जनताका निम्ति २ करोड मूल्यको २ लाख कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ ।
यस कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सीबीआइएल क्यापिटल लिमिटेड रहेको छ । इक्छुक लगानिकर्तले न्यूनतम ५० देखि अधिकतम १००० कित्तासम्मका लागि आवेदन दिन सक्ने छन्।
कम्पनीको यस आइपिओ निष्कासनलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ५ रेटिङ प्रदान गरेको छ । जसको अर्थ कम्पनीको वित्तीय अवस्था आधारभूत भन्दा निकै कमजोर रहेको छ भन्ने जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार