शतप्रतिशत हकप्रद बिक्री गर्न लागेको मिर्मिरे माइक्रोफाइनान्सको वित्तिय अवस्था : हकप्रद अघि र पछि

Mirmire-Microfinance-Development-Bank

इक्विटी नेपाल – काठमाडौँ :
जेष्ठ २ गते ३० दशमलव १८ प्रतिशतमा मुल्य समयोजन भए लगतै जेष्ठ ४ गते नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रस्ताव गरेको शत प्रतिशत हकप्रद बिक्रि गर्न अनुमति पाएको थियो। हकप्रद बिक्रीका लागि अनुमति पाए संगै कम्पनीले बुक क्लोज मिति तय गरेपछि कम्पनीको मुल्य निरन्तर उकालो लागेको छ ।

हेरौ कम्पनीको अवस्था : 

तेश्रो त्रैमासको वित्तिय प्रतिवेदन हेर्दा कम्पनीको पूँजी ४ करोड ५० लाख रहेको छ । उक्त पूँजीमा ३0 दशमलव ८० प्रतिशत बोनस शेयर समयोजन भएको छैन । बोनसलाई पूँजीमा समायोजन गरे पछी कम्पनीको पूँजी ५ करोड ८८ लाख पुग्ने छ । शत प्रतिशत हकप्रद शेयर पछी कम्पनीको पूँजी १०  करोड ३८ लाख पुग्ने छ ।

प्रती शेयर आम्दानी :

तेश्रो त्रैमासको वित्तिय प्रतिवेदन अनुसार कम्पनीको प्रतीशेयर आम्दानी रु ६२ दशमलव ८६ जनाएको छ। प्रस्तावित ३० दशमलव ८ प्रतिशत बोनस शेयरका लागि बुक क्लोज भईसकेकाले  कम्पनीको प्रती शेयर आम्दानी रु ४८ दशमलव ०५ कायम हुने छ भने शत प्रतिशत हकप्रदका लागि मुल्य संयोजन समायोजन पछीको कम्पनीको प्रतीशेयर आम्दानी २७ रुपैया ३३ पैसा पुग्ने छ।

अन्य वित्तिय अवस्था : 

कम्पनीको जगेडा कोषमा ५ करोड रुपैया रहेको छ । कम्पनीले ३४ करोड ४१ रुपैया निक्षेप सङ्कलन गरेको छ भने १ अर्ब २४ करोड कर्जा प्रवाह गरेको छ । कम्पनीले ८९ करोड ४३ लाख रुपैया सापटी लिएको छ । बैंकले यो नौ महिनाको अवधिमा २ करोड १२ लाख रुपैया खुद नाफा कमाउन सफल भएको छ । कम्पनीले आफ्नो खराब कर्जा १ प्रतिशत भन्दा मुनी राख्न सफल भएको छ । कम्पनीको बुक भ्यालु ( प्रती शेयर नेटवर्थ ) २११ रुपैया २८ पैसा रहेको छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ८ गते १३:०४ (अद्यावधिक : २०७५ जेष्ठ २० गते १४:१० )

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार