ललितपुर फाइनान्सले डाक्यो एकैचोटी दुई वर्षको वार्षिक साधारणसभा

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
ललितपुर फाइनान्सको आ. व २०७२/७३ तथा ७३/७४ को २० औँ र २१ औँ वार्षिक साधारणसभा मिति २०७५  अषाढ २ गते शनिवार बस्ने भएको छ । साधारणसभा नेपाल प्रशासनिक प्राशिक्षण प्रतिष्ठान ,जाउलाखेल ,ललितपुरमा हुने भएको छ । 
फाइनान्सले साधारण सभामा भाग लिने प्रयोजनका लागि मिति २०७५ जेष्ठ २१ देखि २०७५ अषाढ २ गते शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ । यस अनुसार २०७५ जेष्ठ २० गते सम्म कायम शेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् । 
चालू आ.व २०७४/७५ को दोस्रो त्रैमासिक विवरण अनुसार ललितपुर फाइनान्सको चुक्ता पुँजी २३ करोड ६८ लाख ७४ हजार रुपैयाँ रहेको छ । फाइनान्सले ५ करोड ४४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ९६ पैसा र प्रतिशेयर नेटवर्थ ६२ रुपैयाँ ७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार