SKIP THIS

MLBL

सूर्योदय लघुवित्तको शेयर लिलामी मार्फत बिक्री खुल्ला

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
सूर्योदय लघुवित्त वित्तीय संस्थाको आगामी जेष्ठ १३ गतेदेखि २८ हजार ८२ कित्ता शेयर लिलामी मार्फत बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको १९ हजार ६ सय ८२ कित्ता र संस्थापक समूहको ८ हजार ४ सय कित्ता शेयर बिक्री गर्न लागेको हो । सूर्योदयले मिति २०७४ फाल्गुन २४ देखी २०७४ चैत्र २९ सम्म ७०% हकप्रद शेयर बिक्रीका क्रममा आवेदन नपरेको २८ हजार ८२ कित्ता शेयर लिलामी मार्फत बिकी गर्ने भएको छ । 
कम्पनीले आगामी जेष्ठ १३ गतेदेखि जेष्ठ २० गतेसम्म लिलामी मार्फत माथि उल्लिखित शेयरहरु बिक्री गर्ने भएको हो । 
खरिदकर्ताले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ देखि बोलकबोल गर्न सक्ने छन् । इक्छुक लगानीकर्ताले न्यूनतम एक सय कित्तादेखि माथि १० अङ्कले भाग जाने सङ्ख्यामा निवेदन दिन सक्ने बिक्री प्रबन्धकको कार्य गरी रहेको ग्लोबल आइएमई क्यापिटल जनाएको छ। 
यस लिलामी मार्फत शेयर खरिद गर्न चाहने खरिदकर्ताले शिलबन्दी आवेदन बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको नाचघर, जमल स्थित कार्यालयका साथै ग्लोबल आइएमई बैंकको वीरगन्ज, बनेपा, हेटौंडा, विराटनगर, पोखरा सभागृह चोक, बुटवलको मिलनचोक , नेपालगन्जको त्रिभुवनचोक सुर्खेत, धनगढी तथा सूर्योदय लघुवित्तको केन्द्रीय कार्यालय स्याङजा पुतलीबजार नगरपालिका वडा न. १ बाट पनि प्राप्त गर्न तथा बुझाई लिलामीमा भाग लिन सक्ने छन् । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लघुवित्तले १ करोड ४४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ४० रुपैयाँ ५५ पैसा र प्रतिशेयर नेटवर्थ २०० रुपैयाँ ४७ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार