हकप्रद जारी गर्न लागेको प्रभु इन्स्योरेन्सको भयो मूल्य समायोजन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
प्रभु इन्स्योरेन्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४० रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ७ सय २५ दशमलव ३६ रुपैयाँ थियो । कम्पनीले ४६ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो ।
प्रभु इन्स्योरेन्सले १० बराबर ४ दशमलव ६ अनुपात अर्थात् ४६ प्रतिशतले हुन आउने ३१ लाख ६६ हजार ६७७ दशमलव ६३ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । सोको लागि जेठ १४ गते बुक क्लोज तोकेको हो। सो अनुसार जेठ १३ गते कायम शेयरधनीले हकप्रदमा भाग लिन पाउने छन् । यसका लागि बिक्री प्रबन्धकको काम प्रभु क्यापिटललाई नियुक्त गरेको छ । 
हाल, प्रभुको चुक्ता पुँजी ६८ करोड ८४ लाख ८ हजार रहेको छ। आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा कम्पनीले १७ करोड ५३ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार