हेरौ एनएमबी बैङ्कको एफपिओ अघि र पछीको अवस्था इन्फोग्राफिक्समा

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
एनएमबी बैङ्कको लामो समयदेखि अल्झिरहेको एफपिओ निष्कासन गर्न मूल्य प्रस्ताव गरेको छ । बैङ्कले एक सय रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपी ३३३ रुपैयाँमा एफपिओ ल्याउने प्रस्ताव गरेको छ ।
एनएमबी बैङ्कले राष्ट्र बैङ्कले तोकेको पुँजी अझै पुर्‍याउन सकेको छैन। प्रस्तावित एफपिओपछि कम्पनीको पुँजी राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी भन्दा अझै कम हुन्छ। एफपिओपछि पनि बैंकले अझै ६ प्रतिशतको हाराहारीमा पुँजी वृद्धि गर्नु पर्ने छ ।
बैङ्कले आर्थिक वर्ष ७३ /७४ को साधारण सभा आज सम्म नगरेकोले कम्पनीले बोनस शेयर प्रदान गरी राष्ट्र बैङ्कले तोकेको ८ अर्ब पुँजी पुर्‍याउनु पर्ने छ । 
एफपिओको प्रिमियम रकम यो वर्ष जगेडा कोषमा हाली अर्को आर्थिक वर्षमा बोनस शेयर प्रयोजनका निमित्त प्रयोग हुने गर्दछ । 
बैङ्कको अहिले बजार मूल्य ४४४ को हाराहारीमा छ । प्रस्तावित एफपिओ मूल्य भन्दा १०० रुपैयाँ धेरै । अब लगानीकर्ताले एनएमबी बैङ्कको एफपिओलाई कसरी लिने हुन् भन्ने कुरा हेर्न बाँकी नै छ। किनकि यस अघि पोखरा फाइनान्स र बुटवल पावरले एफपीओ जारी गर्दा झैँ अहिले एनएमबीले प्रस्ताव गरेको बजार मूल्य र प्रस्तावित एफपिओ मूल्यमा खासै फरक छैन । 
तर केही लगानीकर्ता भने यो वर्षलाई नहेरी अर्को वर्षको कम्पनीले राम्रो लाभास त्यसमापनि राम्रो बोनस शेयर दिने अवस्थामा कम्पनी पुग्ने लोभमा पनि एफपिओमा लगानी गर्ने गर्दछन् ।
एनएमबी बैङ्कको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ९ पैसा छ भने मूल्य आम्दानी अनुपात १५ गुणा रहेको छ। एफपियो को मूल्य र आम्दानीलाई हेर्दा प्रस्तावित मूल्य आम्दानी अनुपात ११ गुणा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार