वेष्टर्न डेभलपमेन्ट बैंक डाक्यो अषाढ १३ गते साधारण सभा

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
वेष्टर्न डेभलपमेन्ट बैंकको को मिति २०७५ जेष्ठ ०९ गते बुधबार सञ्चालक समितिको २४३ औ बैठकको निर्णय अनुसार आगामी बाह्रै बार्षिक साधारण सभा २०७५ अषाढ १३ गते (बुधबार) ११:३० बजे होटेल माला ईनको सभा हल, घोराही-१४ ,दाङमा गर्ने भएको छ ।
उक्त सभाका मुख्य एजेन्डाहरुमा :
  • संचालक समितिले प्रस्ताब गरेको १७ दशमलव ४२ प्रतिशत बोनश शेयर तथा उक्त बोनस बापत लाग्ने शून्य दशमलव ९२ प्रतिशत नगद लाभांश पवितरण गर्न प्रस्ताब पारित गर्ने 
  • संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना तथा सर्वसाधारणबाट प्रतिनिधित्व गर्ने तीन जना संचालकहरुको निर्वाचन गर्ने 
वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेड र नमस्ते वित्तीय संस्था लिमिटेड एक आपसमा गाभ्ने/गाभिने प्रकृया सम्पन्न भएको र सो प्रक्रियाका लागि यस बैंकको शेयर कारोबार मिति २०७३ चैत्र ८ गते देखि शेयर कारोवार बन्द रहेको छ । वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको बाहौं बार्षिक साधारण सभा प्रयोजनका लागि मिति २०७३ चैत्र २८ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोवार भै मिति २०७५ जेष्ठ २४ गतेसम्म यस डेभलपमेन्ट बैंकको शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादीमा प्राप्त शेयर नामसारी भै लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले सो सभामा भाग लिन तथा बोनस शेयर तथा नगद लाभंश पाउने बैंकले जनाएको छ।
प्रकाशित मिति : २०७५ जेष्ठ १६ गते दिनको १२:४३ बजे 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार