आरएसडीसी लघुवित्तको ६०% हकप्रदका लागि भयो मूल्य समायोजन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
आरएसडीसी लघुवित्त वित्तीय संस्थाको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले ५ सय ४३ दशमलव ७५ रुपैयाँ तोकेको छ । कम्पनीले ६० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो।
आरएसडीसी लघुवित्त वित्तीय संस्थाले ६० प्रतिशत हकप्रदको लागि जेठ २२ गतेलाई बुक क्लोज मिति तोकेको छ । सो अनुसार जेठ जेठ २१ सम्म कायम शेयरधनीले हकप्रद भर्ना पाउने छन्। लघुवित्तले हाल कायम ५ बराबर ३ कित्ताको अनुपात अर्थात् ६० प्रतिशतले हुन आउने २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद शेयर  प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्न लागेको हो । यसको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्ने भएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ करोड ३० लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ भने १३२ रुपैयाँ ४१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार