लगानीकर्ताको बिरोधको नतिजा : सरकारले ल्याएको पूँजीगत लाभकर गणनाको नयाँ व्यवस्था तत्काललाई स्थगित

Prabhu


इक्विटी नेपाल – काठमाडौँ :
नेपाली शेयरबजारमा सक्रिय लगानीकर्ताहरुले बिगत तीन दिनदेखि जारी राखेका विभिन्न बिरोधका कार्यक्रम आज सरकारसंग दिउँसो भएको वार्तामा सहमति संगै हाललाई सम्पूर्ण बिरोधका कार्यक्रमहरु स्थगित भएका छन्। 
लगानीकर्ताहरूले नेतृत्व गरिरहेको संयुक्त संघर्ष समितिका पदाधिकारी र सरकारका तर्फबाट राजश्व सचिब शिशिर ढुंगाना एवं वित्तिय व्यस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री विच भएको वार्तामा सरकारले असार मसान्तसम्म पुरानै ब्यवस्था अनुसार पूँजीगत लाभकर गणना गर्ने निर्णय र त्यस पछि सोमवार सरकारबाट गठित सुझाव समितिको प्रतिवेदनलाई आधार लिई निर्णय गर्ने सहमति भएको थियो।

आज दिउँसो सहमित भएसंगै एक बजेपछि कारोबार सुचारु भएको थियो। कारोबार सुरु भएसंगै केहि समय बढेको बजार अन्तिम घण्टा घट्दै बजार अन्तिममा १२ सय ८२ दशमलव ७५ विन्दुमा नेप्से परिसूचक आज बन्द भएको छ। नेप्से परिसूचकमा सुधार आएतापनि १३८ वटा कम्पनीको शेयर कारोबार हुँदा कारोबार रकम २३ करोड हाराहारीमा भएको थियो ।

प्रकशित मिति : २०७५ जेष्ठ २३ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार