सूर्या लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
सूर्या लाईफ इन्स्योरेन्सको जेष्ठ २२ गते मङ्गलवार बसेको २१३ औ बैठकबाट शेयरधनीलाई आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट हालै निष्कासन गरेको ४०% हकप्रदपछि कायम १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ६३ लाख ८२ हजार ८९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 
उपरोक्त प्रस्तावित बिमा समिति र अगामी साधारण सभाबाट पारित भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ । हाल कायम ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजीको आधारमा भने बोनसको दर १६ दशमलव ८० प्रतिशत  हुन छ तर ४०  प्रतिशत हकप्रद समेतले बोनस पाउने हुँदा बोनस शेयर दर १२  पुगेको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा इन्स्योरेन्सको ९ करोड ७७ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १८ रुपैयाँ ६ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ५५ रुपैयाँ १६ पैसा छ ।

प्रकशित मिति : २०७५ जेष्ठ २३ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार