पोखरा फाइनान्सको बोनस शेयरका लागि मूल्य समायोजन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
पोखरा फाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ३५ दशमलव ७८ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य १ सय ८९ दशमलव ८९ रुपैयाँ थियो । कम्पनीले ८ दशमलव २६ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो ।
पोखरा फाइनान्सको बोनस शेयरको लागि जेठ २७ गरे बुक क्लोज तोकेको हो। सो अनुसार जेठ २४ गते (बिहिबार ) सम्म कायम शेयरधनीले बोनस शेयर र असार ५ गते बस्ने वार्षिक साधारण सभा भाग लिन पाउने छन् । सभा दरबारथोक बैंक्वेट, बास्तोलाथर पोखरामा बिहानको ८ बजेबाट सुरु हुनेछ ।
हाल , पोखरा फाइनान्सको चुक्ता पुँजी ७५ करोड ४१ लाख ५६ हजार रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ६ करोड ५३ लाख १६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ दसमलव ८३ र प्रतिशेयर नेटवर्थ भने १५३ दशमलव २९ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : २०७५ जेष्ठ २७ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार