RE
Global College

मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले तोके बुक क्लोज मिति


इक्विटी नेपाल – काठमाडौँ :
नेप्प्सेमा आज सूचना प्रकाशित गर्दै वार्षिक साधारणसभा बस्ने प्रयोजनका निम्ति मञ्जुश्री फाइनान्स र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले बुक क्लोज मिति तोकेका छन्। 
मञ्जुश्री फाइनान्स लिमिटेडले असार २० गते बस्ने १० औ वार्षिक साधारणसभाका निम्ति आगामी असार ४ गते बुक क्लोज मिति तोकेको छ। फाइनान्सले गत वर्षको मुनाफाबाट ५ दशमलव ७१ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका निम्ति शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताब पारित गर्ने जनाएको छ। घोषित लाभांश पारित गरेसंगै फ़ाइनसको चुक्ता पूँजी ८० करोड पुग्ने छ। 
त्यस्तै, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पनि आजै सूचना प्रकाशित गर्दै असार २२ गते हुने फाइनान्सको २३ औ वार्षिक साधारणसभाका लागे आगामी असार ४ गते एक दिनका लागि बुक क्लोज गर्दै छ। उक्त साधारणसभामा फाइनान्सले गत वर्षको मुनाफाबाट २३ दशमलव ५७ प्रतिशत बोनस शेयर (लगभग)वितरण गर्ने प्रस्ताब पारित गर्ने जनाएको छ।
प्रकाशित मिति : २०७५ जेष्ठ २८ गते 
NECO

Leave Your Comment

Related News