RE
Global College

मेगा बैंकले पुर्वघोषित लाभांश परिमार्जन गरी तोक्यो नयाँ लाभांश दर


इक्विटी नेपाल – काठमाडौँ :
टुरिजम् डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी गत बैशाख ३० गतेदेखि एकीकृत कारोबार सुरु गरेको मेगा बैंकले यसअघि प्रस्ताब गरेको लाभाशलाई परिमार्जन गरेको छ। नेप्सेमा आज प्रकाशित सूचना अनुसार मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले यस अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट सम्पूर्ण शेयरधनीलाई १० दशमलव ७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको छ। 
मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकले एकीकृत कारोबार सुरु गरिसकेकाले पुरानो प्रस्तावलाई खारेज गर्दै नयाँ प्रस्ताव गरिएको दुवै बैंकका शेयरधनीलाई समान हुने गरि एउटै लाभाश दर घोषणा गरिएको जनाएको छ। 
यसअघि टुरिजम् डेभलपमेन्ट बैंकले आफ्ना शेयरधनीलाई १५ प्रतिशत र मेगा बैंकले ९ दशमलव ४५ प्रतिशतका दरले भिन्न भिन्न बोनस प्रस्ताव गरेका थिए।
हेरौ नेप्सेमा प्रकशित सूचना: 


प्रकाशित मिति : २०७५ जेष्ठ ३० गते 

NECO

Leave Your Comment

Related News