कामना सेवा विकास बैंकले गर्यो लाभांश घोषणा

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
कामना सेवा विकास बैङ्कको मिति २०७५ जेष्ठ ३० गते बुधवार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाटआफ्ना शेयरधनिलाई चुक्ता पुँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँको जम्मा १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताब गरेको छ।  प्रस्तावित लाभांश मध्ये ५ दशमलव ५ प्रतिशत (१३ करोड ४ लाख ७० हजार १९२ रुपैयाँ) बोनस शेयर र ६ दशमलव ५ प्रतिशत (१५ करोड ४१ लाख ९२ हजार ४६ रुपैयाँ) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उपरोक्त प्रस्तावित राष्ट्र बैङ्क र अगामी साधारण सभाबाट पारित भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कामनाको २२ करोड ८१ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७५ पैसा र प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ३७ पैसा छ ।

प्रकाशित मिति : २०७५ जेष्ठ ३१ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार