मञ्जुश्री फाइनान्सको मूल्य समायोजन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
मञ्जुश्री फाइनान्स लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य नेप्सेले १ सय २२ दशमलव ९८ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि  आधारभूत मूल्य १ सय ३६ रुपैयाँ दशमलव ४९ थियो । कम्पनीले ५ दशमलव ७१ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।
मञ्जुश्री फाइनान्सले ५ दशमलव ७१ प्रतिशत बोनस शेयर ( ४ करोड ३४ लाख ६२ हजार ७१० रुपैयाँ) र कर तिर्न शून्य दशमलव ३२ प्रतिशत नगद लाभांश ( २२ लाख ८७ हजार ५११ रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको हो । यसको लागि असार ४ गते बुक क्लोज तोकेको हो । सो अनुसार असार ३ गते सम्म कायम शेयरधनिले बोनस तथा साधारण सभामा भाग लिन पाउने छन् । साधारण सभा असार २० गते थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौं  बिहान १० बजे सुरु हुने जनाएको  छ ।
हाल मञ्जुश्रीको चुक्ता पुँजी ७६ करोड ५ लाख ९७ हजार ५०० रुपैयाँ छ । बोनस पश्चात चुक्ता पुँजी ८० करोड ४ लाख ६० हजार २१० रुपैयाँ पुग्नेछ । मञ्जुश्रीको तेस्रो त्रैमास अनुसार ५ करोड ४६ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १० रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ ४५ पैसा छ ।
प्रकाशित मिति : २०७५ असार ४ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार