श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ सय ६७ दशमलव ५ रुपैयाँ तोकेको छ । अहिले प्रस्तावित बोनस शेयरका लागि आधारभूत मूल्य २ सय ३४ रुपैयाँ दशमलव २५ कायम गरेको छ । कम्पनीले २६ दशमलव ५७ प्रतिशत बोनस पछिको मूल्य समायोजन गरेको हो ।
श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २६  दशमलव ५७ प्रतिशत  बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । यसको लागि असार ४ गते बुक क्लोज तोकेको हो । सो अनुसार असार ३ गतेसम्म कायम शेयरधनीले बोनस तथा साधारण सभामा भाग लिन पाउने छन् । साधारण सभा असार २२ गते हुने भएको छ । सभा अमृतभोक क्याटरर्स प्रा.लि. कालिकास्थान काठमाडौंमा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । उपरोक्त प्रस्तावित लाभांश अगामी साधारण सभाबाट पारीत भएमा पछि शेयरधनीलाई वितरण गरिने छ ।
हाल श्री इन्भेष्टमेन्टको चुक्ता पुँजी ६३ करोड २१ लाख ७१ हजार ४ सय ३२ रुपैयाँ छ । बोनस वितरणपछि पुँजी ८० करोड १ लाख ५० हजार रुपैयाँ पुग्नेछ । श्री इन्भेस्टमेन्टको तेस्रो त्रैमास अनुसार ६ करोड ४९ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २५.०९ र प्रतिशेयर नेटवर्थ भने २८४.७३ रहेको छ ।
प्रकाशित मिति : २०७५ असार ४ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार