CLI
Global College

शिवम् सिमेन्टले पायो प्रिमियममा ५२ लाख ८० हजार कित्ता आईपीओ जारी गर्न अनुमति


इक्विटी नेपाल – काठमाडौँ :
शिवम् सिमेन्ट लिमिटेडले स्थानीय जनता तथा सर्वसाधारणलाई कुल ५२ लाख ८० हजार कित्ता शेयर निस्काशन गर्न धितोपत्र बोर्डले आज अनुमति दिएको छ। 
धितोपत्र बोर्डले स्थानीय जनताका लागि ८ लाख ८० कित्ता शेयर प्रिमियम सहित तीन सय रुपैयाँ तथा सर्वसाधारणकालागि ४४ लाख कित्ता शेयर प्रिमियम सहित चार सय रुपैयाँमा जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। कम्पनीले आईपीओ निस्काशनका लागि बिक्रि प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ। 
धितोपत्र बोर्डले गतबर्ष मात्रै उत्पादन मुलक लगायत अन्य क्षेत्रले न्युनतम १० प्रतिशत शेयर मात्रै भएपनि सर्वसाधारणलाई निष्कासन गर्न पाउने व्यवस्था गरेसंगै शिवम् सिमेन्ट लिमिटेडले गत पौष २५ गते सम्पन्न आफ्नो दोस्रो वार्षिक साधारणसभाबाट शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको थियो।

धितोपत्र बोर्डले स्थानीय जनताका लागि ८ लाख ८० कित्ता शेयर प्रिमियम सहित तीन सय रुपैयाँ तथा सर्वसाधारणकालागि ४४ लाख कित्ता शेयर प्रिमियम सहित चार सय रुपैयाँमा जारी गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। 

चार अर्ब ४० करोड रुपैयाँ जारी पूँजीको रहेको शिवम् सिमेन्टले १२ प्रतिशत हुन आउने ५२ करोड ८० लाख रुपैयाँ बराबरको ५२ लाख ८० हजार कित्ता सेयर सर्वसाधारण र उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि समेत निष्कासन गर्न लागेको हो ।
नेपालको ठुलो सिमेन्ट उद्योग मध्यको एक शिवम् सिमेन्ट सन् २००९ मा स्थापना भएको हो। यस कम्पनीले आफ्नै चुनढुंगा प्रयोग गरि १२५० टन ओपिसी सिमेन्ट उत्पादन गर्ने लक्ष्य लिएको छ। साथै यस कम्पनीले चीनको होङसी सिमेन्ट ग्रुपसंग साझेदारीमा दैनिक ६ हजार टन सिमेन्ट उत्पादन क्षमता उद्योग संचालनको आएको छजसबाट अहिले प्रतिदिन तीन  हजार टन सिमेन्ट उत्पादन भईरहेको जनाएको छ। 
प्रकाशित मिति: २०७५ असार ७ गते 

Leave Your Comment

Related News