RE
Global College

मेगा बैंकले असार २९ बोलायो साधारणसभा, के के प्रस्ताव उपर हुँदै छ छलफल


इक्विटी नेपाल – काठमाडौँ :
मेगा बैंकले असार २९ गते सातौं वार्षिक साधारणसभा बोलाएको छ। गत बैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंकसंग मर्ज सम्पन्न गरी एकीकृत कारोबार गरेपछि यो पहिलो साधारणसभा गर्न लागेको हो। यस सभाले मेगा बैंक र टुरिजम् डेभलपमेन्ट बैंक दुवैले एकीकृत कारोबार अघि प्रस्ताव गरेका लाभाशलाई खारेज गर्दै गत आर्थिक बर्षको नाफाबाट सम्पूर्ण शेयरधनीलाई १० दशमलव ७५ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। 
बैंकले मर्ज पछाडि कायम भएको चुक्ता पूँजी ९ अर्ब २८ करोड रुपैयाँको १० दशमलव ७५ प्रतिशत अर्थात ९९ करोड ८६ लाख रुपैयाँ बोनस शेयर दिने भएको हो। एकीकृत कारोबार अगाडि कायम भएका शेयरधनीले बोनर शेयर वापतको कर छुट पाउने छन् भने त्यसपछि कायम भएका शेयरधनीले पनि कर तिर्नुपर्ने बैंकले जनाएको छ।
यसै साधारणसभा संस्थापक तर्फ तीन जना र सर्वसाधारणतर्फ तीनजना संचालनको निर्वाचन गर्ने कार्यक्रम रहेको जनएको छ। 
साधारणसभामा भाग लिन र घोषित लाभांश प्राप्त गर्नक लागि बैंकले असार १५ गते एक दिन बुक क्लोज गर्ने सूचना नेप्सेमा आज प्रकाशित गरेको छ। बैंकले प्रस्ताव गरेको लाभाश पाउन र साधारणसभा पाउन असार १४ गतेसम्म शेयरधनी कायम हुनु पर्ने छ। 

प्रकाशित मिति : २०७५ असार ७ गते 
NECO

Leave Your Comment

Related News