बैंक अफ काठमाण्डूले असार २८ गते बोलायो साधारणसभा, प्रस्तावित बोनस शेयरका लागी नेप्सेमा मूल्य समायोजित

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
बैंक अफ काठमाण्डू लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ सय ७३ दशमलव ७३ रुपैयाँ तोकेको छ । साथै प्रस्तावित १३ दशमलव ७३ प्रतिशत बोनस शेयरका लागी नेप्सेले आधारभूत मूल्य ३ सय ६८ रुपैयाँ दशमलव ३७ तोकेको छ । 
यस्तै, बैंक अफ काठमाण्डूको २३ औं वार्षिक साधारण सभा असार २८ गते हुने भएको छ । साधारण सभामा १३ दशमलव २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव लैजादै छ। जानकारी अनुसार बोनसमा लाग्ने कर तिर्न भने शेयरधनी आफैले बेहोर्नु पर्ने हुने छ । सभा बिहानको १० बजे कुन्डलिनी दरबार ब्यांकेट चण्डोल, काठमाडौंमा हुनेछ। यसको लागि असार ८ देखि २८ गतेसम्म बुक क्लोज तोकेको हो । सो अनुसार असार ७ गते सम्म कायम शेयरधनिले बोनस तथा साधारण सभामा भाग लिन पाउने छन् ।
हाल बैंकको चुक्ता पुँजी ७ अर्ब ७ करोड २८ लाख ९६ हजार रुपैयाँ छ । तेस्रो त्रैमास अनुसार ९३ करोड ५ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा र प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ ७५ पैसा छ ।
प्रकाशित मिति : २०७५ असार ८ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार