सिन्धु विकास बैंकले साधारणसभा असार ३१ गते, लाभांश पारित र कार्यक्षेत्र थप गर्ने प्रस्ताव गर्दै

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
सिन्धु विकास बैंकको जेष्ठ ३१ गते बसेको संचालक समितिको बैठकले शेयरधनीलाई आ.व ७३/७४ को मुनाफाबाट हाल चुक्ता पुँजीको ४७ करोड १९ लाख ४६ हजार ५ सयको ५ दशमलव ९५ प्रतिशत बोनस शेयर (अर्थात् २ करोड ८० लाख ८० हजार ८ सय १६ रुपैया ७५ पैसा ) र कर तिर्न शून्य ३१३२ प्रतिशत नगद लाभांश (अर्थात् १४ लाख ७७ हजार ९ सय ३७ रुपैया ७२ पैसा ) वितरण गर्ने राष्ट्र बैंकबाट स्वीकृत पाएको नेप्सेमा सूचना प्रकाशित गरी जनाएको छ । उक्त प्रस्तावित लाभांश बैंकको अगामी साधारसभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जनाएको छ ।
उक्त प्रस्तावित बोनस शेयर बैंकको असार ३१ गते धुलिखेलमा हुने साधारणसभाबाट पारित भएसंगै बैंकको  चुक्ता पूँजी नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम ५० करोडको सीमा पर गर्ने छ  । 
साथै ,२०७५ असार ९ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारण सभाको लागि २०७५ असार २२ देखि असार ३१ सम्म बुक क्लोज मिति तोकेको छ । 
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सिन्धुको चुक्ता पुँजी ४१ करोड ८१ लाख १६ हजार रुपैयाँ छ । बैंकले तेस्रो त्रैमासमा १ करोड ८१ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी ५ रुपैयाँ ७८ पैसा र प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ५८ पैसा छ ।
प्रकाशित मिति : २०७५ असार १० गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार