सूर्या लाइफ इन्स्योरेन्सको साधारणसभा असार ३२ गते, फेरी ७०% हकप्रद बिक्री गर्ने प्रस्ताव लाग्दै

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
सूर्या लाइफ इन्स्योरेन्सले बीमा समितिले तोकेको दुई अर्ब चुक्ता पूँजी हासिल गर्ने फेरी हकप्रद शेयरको बाटो लिने भएको छ। कम्पनीको मिति २०७५ असार ८ गते शुक्रबार सञ्चालक समितिको  बैठकले हाल निष्काशन भई बांडफांडको क्रममा रहेको ४० प्रतिशत  हकप्रद शेयर प्राप्त गर्ने शेयरधनी समेत पाउने गरी १२ प्रतिशत  बोनस जारी पश्चात १०:०७ अर्थात् ७० प्रतिशत हकप्रद बिक्री गर्ने प्रस्ताव गरेको हो ।

उपरोक्त प्रस्ताब पारित गर्न अगामी साधारण सभा असार ३२ गते हुने भएको छ । साधारण सभा कम्पनी रजिस्टर्ड कार्यालय, विराटनगरमा हुने जानकारी छ । सो प्रयोजनका लागि २०७५ असार १७ देखि २०७५ असार २३ सम्मका लागि बुक क्लोज मिति तोकेको जनाएको छ ।


हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड १८ लाख ७५ हजार रुपैयाँ रहेको छ । ४०% हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १ करोड ६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ०६ पैसा र प्रतिशेयर नेटवर्थ भने १५५ रुपैयाँ १६ पैसा छ ।
प्रकाशित मिति : २०७५ असार १० गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार