कामना सेवा विकास बैंकले असार ३२ गते डाक्यो साधारणसभा, बोनस पारित संगै संचालकको निर्वाचन गर्दै

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
कामना सेवा विकास बैंकले आफ्नो एघारौ बार्षिक साधारण सभा आगामी असार ३२ गते डाकेको छ। कामना विकास बैंक र सेवा विकास बैंक मर्ज पश्चात यो पहिलो साधारणसभा बस्न लागेको हो। यस सभामा चुक्ता पूँजी २ अर्ब ३७ करोड २१ लाख ८५ हजार रुपैयाँको ५ दशमलव ५० प्रतिशत बोनस शेयर (अर्थात् १३ करोड ४ लाख ७० हजार रुपैयाँ ) र नगद लाभांस ६ दशमलव ५० प्रतिशत (अर्थात् १५ करोड ४१ लाख ९२ हजार रुपैयाँ) वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाएको छ। साथै, सभामा संस्थापक तर्फका तीन जना र सर्वसाधारण तर्फका तीन जनाको संचालकको निर्वाचन गर्ने भएको छ।
सभा बिहान ९ बजे इन्द्रेणी फूड ल्यान्ड प्रा. लि. ,नया बानेश्वोर काठमाण्डौमा हुने भएको छ। सभाका लागि असार १८ देखि असार ३२ सम्म बुक क्लोज हुने जानकारी छ । सो अनुसार असार १७ सम्म कायम शेयरधनीले मात्रै लाभांस तथा साधारण सभामा भाग लिन पाउने छन् । 
घोषित लाभांश पारित गरेसंगै बैंकको चुक्ता पुंजी दूई अर्ब ५० करोड पुग्ने छ।

प्रकाशित मिति : २०७५ असार ११ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार