समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि ५०% हकप्रद खुल्ने, समायोजनपछिको मूल्य रु १४०१.३३

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
समता माइक्रोफाइनान्सको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार ४ सय १ दशमलव ३३ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ८ सय ४५ रुपैयाँ दशमलव १७ थियो । कम्पनीले ५० प्रतिशत हकप्रदपछिको मूल्य समायोजन गरेको हो ।
समता माइक्रोफाइनान्सको असार २७ गतेदेखि साउन २९ सम्म २ः१ अनुपात(५० प्रतिशत )मा १ लाख ८९ हजार ६०० कित्ता हकप्रद शेयर बिक्री गर्ने भएको छ । हकप्रदका लागि समताले २०७४ असार १२ गते मंगलबार बुक क्लोज तोकेको हो । यस अनुसार असार ११ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयर भर्न पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमास अनुसार ५६ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १९ रुपैयाँ ९४ पैसा र प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ९४ पैसापैसा छ ।
प्रकाशित मिति: २०७५ असार ११ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार