स्वरोजगार लघुवित्त वित्तिय संस्थाले १००% हकप्रदका लागी तोक्यो एकदिन बुक क्लोज

Swarojgar Laghubitta Bittiya Sanstha
इक्विटी नेपाल – काठमाडौँ :
स्वरोजगार लघुवित्त वित्तिय संस्थाले जारी गर्न लागेको शत प्रतिशत हक्प्रद्को लागि आगामी असार २८  गते एक दिनका लागी बुक क्लोज गर्ने भएको छ। लघुवित्तको हाल कायम चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैयाको १:१ अनुपातमा (शत प्रतिशत ) अर्थात् १२ करोड २४ लाख ९७ हजार ७ सय ६० रुपैया बराबरको १२ लाख २४ हजार ९ सय ७७ दशमलव ६  कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो। 
हकप्रद निष्कासनको लागि असार २८ गते एक दिनको लागि किताबी बन्द मिति तोकेकाले  लघुवित्तको असार २७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदखरिद गर्न पाउने छन्।  यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटललाई नियुक्त गरेको छ ।
हाल स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको २०७४/७५ को तेस्रो त्रैमासमा यस कम्पनीले २ करोड ६६ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ०५ पैसा र प्रतिशेयर नेटवर्थ भने १४६ रुपैयाँ १८  पैसा रहेको छ ।
प्रकाशित मिति : २०७५ असार १८ गते 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार