रिडी हाइड्रोपावरले प्रस्ताव गर्यो हकप्रद, ८.५ मेगावाटको सोलार आयोजना निर्माण गर्न

Prabhu



इक्विटी नेपाल – काठमाडौँ :

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको २०७४ साल असार १८ गते सम्पन्न संचालन समितिको  बैठकले हाल कायम चुक्ता पुँजी ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाको १:१ अनुपातमा (शतप्रतिशत ) अर्थात् ५० करोड १० लाख ५५ हजार १ सय रुपैयाको ५० लाख १० हजार ५ सय ५१  कित्ता हकप्रद शेयर बिक्री गर्न प्रस्ताब गरेको छ । कम्पनीले ८ दशमलव ५ मेगावाट क्षमताको बुटवल सोलार आयोजनाका लागि १०० प्रतिशत हकप्रद शेयर जारी गर्न लागिएको हो । उपरोक्त प्रस्तावित हकप्रद धितोपत्र बोर्ड र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ । 
हाल रिडी हाइड्रोपावरको चालु आर्थिक वर्षको २०७४/७५ को तेस्रो त्रैमासमा यस कम्पनीले  ७२ लाख १८ हजार ९८० रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ५.७६ र प्रतिशेयर नेटवर्थ भने १०६.७२ रहेको छ ।

प्रकाशित मिति: २०७५ असार १९ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार