वेष्टर्न डेभलपमेन्ट बैंकको १७.४१% बोनस शेयरका लागी मूल्य समायोजन, आधारभूत मूल्य ३००.९२

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
वेष्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले २ सय ७० दशमलव ८४ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य ३ सय दशमलव ९२ रुपैयाँतोकेको छ । कम्पनीले १७ दशमलव ४१३ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन गरेको हो । वेष्टर्न र नमस्ते वित्तीय संस्था एक आपसमा गाभिएपछि कायम चुक्ता पुँजीको १७.४१% बोनस शेयर र कर तिर्न ०.९२% नगद लाभांश वितरण गर्न लागेको हो।
हाल वेस्टर्नको चुक्ता पुँजी ४२ करोड ९३ लाख १२ हजार रुपैयाँ रहेको छ । बोनस पश्चात चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार १६० रुपैयाँ पुग्नेछ । तेस्रो त्रैमाससम्ममा वेस्टर्नले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिशेयर आम्दानी १९.२४ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११९.०५ रुपैयाँ छ ।
प्रकाशित मिति: २०७५ असार २० गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार