अाँखुखाेला हाइड्राेले पायाे बिक्रि अनुमति, २० लाखकाे अाइपिअाे अाउने

Prabhu
 
आँखुखोला हाइड्रो पावर कम्पनीले धिताेपत्र बाेर्डबाट साधारण सेयर निष्काशन गर्ने अनुमति प्राप्त गरेकाे छ । धिताेपत्र बाेर्डले बुधबार अाँखुखाेला आयोजना  धादिङका अायाेजना प्रभावित जनतालार्इ ८ लाख कित्ता र सर्वसाधारणलाई १२ लाख कित्ता गरी २० लाख कित्ता बराबरकाे आइपिओ निष्काशनको अनुमति दिएको हो।
हाल ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेकाे  कम्पनीले स्थानीय प्रभावितलार्इ १० प्रतिशत र सर्वसाधारणलार्इ १५ प्रतिशत बराबरकाे शेयर निष्काशन गर्न लागेकाे हाे । शेयर जारी भएपछि कम्पनीकाे चुक्तापूँजी ८० करोड पुग्ने छ ।बिक्रि प्रबन्धककाे रूपमा सिभिल क्यापिटल मार्केटले यस अाइपिअाेकाे सम्पूर्ण बिक्रि कार्य गर्नेछ ।

प्रकाशित मिति: २०७५ असार २७ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार