एनएमबी माइक्रोफाइनान्सले पूँजी बढाउन १५०% हकप्रद बिक्री गर्ने गर्यो प्रस्ताब

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको २०७४ साल असार २६ गते सम्पन्न संचालन समितिको बैठकले हाल कायम चुक्ता पुँजी १४ करोड ८ लाख ७५ हजार १:१.५ अनुपातमा (१५० प्रतिशत ) हकप्रद शेयर बिक्री गर्न प्रस्ताब गरेको छ । हकप्रद शेयर पश्चात एनएमबी माइक्रो फाइनान्सको चुक्ता पुँजी ३५ करोड २१ लाख ८७ हजार पुग्नेछ। उपरोक्त प्रस्तावित हकप्रद धितोपत्र बोर्ड र अगामी साधारण सभाबाट पारीत भएमा शेयरधनिलाई वितरण गरिने जानकारी छ ।
हाल एनएमबी माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्षको २०७४/७५ को तेस्रो त्रैमासमा यस कम्पनीले २ करोड १८ लाख ७ हजार खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी २०.६४ र प्रतिशेयर नेटवर्थ भने १६९ दशमलव ५९ रहेको छ ।
प्रकाशित मिति: २०७५ असार २७ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार