एनएमबि बैंकले एफपीओ समेतले पाउने गरी गर्यो १५% बोनस शेयर घोषणा, बिक्ला त सम्पूर्ण एफपीओ

Prabhu

इक्विटी नेपाल – काठमाडौँ :
एनएमबि बैंक लिमिटेडको असार २६ गते बसेको संचालक समितिको ३५९ औ बैठकबाट बैंकले आफ्ना शेयरधनीलाई हाल चुक्ता पुँजी रु ६ अर्ब ४६ करोड १७ लाख ७४ हजार ३ सय ३४ रुपैयाँमा थप सार्वजनिक निष्कासन भैरहेको १ अर्ब १४ करोड १५ लाख १६ हजार ३०० रुपैया समेत कूल चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँको १५ प्रतिशत बोनस शेयर( ११४०४९३५.९५ कित्ता ) र कर प्रयोजनको लागि ०.७८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उपरोक्त प्रस्तावित लाभांश राष्ट्र बैंक र अगामी साधारण सभाबाट पारीत भएमा मात्र शेयरधनिलाई बोनस वितरण गरिने छ ।
बैंकले हाल बिक्रि गरिरहेको एफपीओमा अहिलेसम्म पर्याप्त आवेदन नपरेकाले प्रत्याभूतिकर्ताले सकार्नु पर्ने स्थिति आएको बेलामा बैंकले एफपीओका आवेदकले समेत पाउने गरी आकर्षक बोनस घोषणा गर्दै लगानीकर्तालाई एफपीओमा प्रति आकर्षित गर्ने अन्तिम प्रयास गरेको देखिन्छ।  एफपीओ आवेदन गर्ने असार २८ गते अन्तिम दिन रहेको छ।  उक्तदिनसम्म सम्पूर्ण एफपीओ बिक्रि नभए प्रत्याभूतिकर्ताले सकार्नु पर्ने हुन्छ। 
प्रकाशित मिति: २०७५ असार २७ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार