ग्लोबल आइएमई बैंकको  नयाँ एक्सटेन्सन काउन्टर सरस्वती बहुमुखी क्याम्पसमा  

Prabhu

काठमाडौं ।ग्लोबल आइएमई बैंकले नयाँ एक्सटेन्सन काउन्टर खोलेको छ  । सेवाग्राहीको बढ्दो चाप र आवश्कतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो ।

यो काउन्टरसँगै \बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ ।

नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै किसिमका साधारण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैङकले जनाएको छ ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र मार्फत  बैकिङ सेबा प्रदान गरिरहेको छ  ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार