बजारमा तरलताअधिक, ५० अर्ब खिच्दै राष्ट्र बैंक

Prabhu

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत्र ८ गते बिहिबार देखि बजारबाट ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेकोले  केन्द्रीय  बैंकले १४ दिन अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत ५० अर्ब रकम सकलन गर्न लागेको हो ।

यो निक्षेप २०८० चैत्र २२ गते परिपक्व हुनेछ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै बोलकबोलको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक क, ख  र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जारी गरेको  सूचनामा उल्लेख छ ।

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित कम्तिमा१० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत  हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

स्थायी निक्षेप सुविधा मार्फत निक्षेप लिंदा पनि तरलता अधिक नै भएपछि राष्ट्र बैंकले ५०  अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको हो ।हिजो  बुधबार मात्र बैंक तथा वित्तीय संस्थाले ३७ अर्ब ३० करोड रुपैयाँ राष्ट्र बैंकमा निक्षेप राखेका छन् । बैंक तथा वित्तीय संस्थाले अधिक तरलता भएको अवस्थामा आइतबार र बुधबार राष्ट्र बैंकमा सिधै निक्षेप राख्न सक्ने ब्यबस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार