बिमा अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघ्यो, कहिले हुन्छ अर्को जाँच

Prabhu

काठमाडौं । नेपाल बीमा प्राधिकरणले  जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षामा हालसम्म उत्तीर्ण भएका कुल अभिकर्ताको नाम सार्वजनिक गरेको छ । अभिकर्ताको अनलाइन परीक्षा उत्तीर्ण हुनेको संख्या १४ हजार नाघेको छ ।

हालसम्म १४ हजार १ सय बढीले अभिकर्ता इजाजतपत्र परीक्षा उत्तीर्ण गरेका छन्। चैत ७ गतेसम्म अभिकर्ताको अनलाइन परीक्षामा उत्तीर्ण हुनेको संख्या १४ हजार १३८ जना पुगेका छन्  ।

प्राधिकरणले गत कात्तिकदेखि अभिकर्ता इजाजतपत्र वितरण गर्न अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्न सुरु गरेको थियो। प्राधिकरणले कात्तिकको तेस्रो सातादेखि सुरु गरेको परीक्षामा उत्तीर्णहरुलाई अनलाइन माध्यमबाटै प्रमाणपत्र वितरण सुरु गरेको हो।

अब प्राधिरकणले चैत १२ गतेबाट चैत १६ गतेसम्म परीक्षा संचालन गर्ने भएको छ । चैत १२ गतेबाट १५ गतेसम्म दैनिक साझ ५ बजेबाट साढे ६ बजेसम्म परीक्षा संचालन गर्नेछ । चैत १६ गते शुक्रबार दिउँसो साढे १ बजेबाट दिउँसो ३ बजेसम्म परीक्षा संचालन गर्नेछ । यो परीक्षामा नेपालभरीबाट सहभागि हुन सकिने व्यवस्था गरेको प्राधिकरणले जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार