राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गरिने

Prabhu

काठमाडौं ।अर्थमन्त्री वर्षमान पुनले राजस्व चुहावट रोक्न भन्सारविन्दुमै कडाइ गरिने बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै राजस्व वृद्धिका लागि आफुले भन्सारको चुहावट रोक्ने कार्ययोजना बनाएको बताए ।

 

भन्सार नाकामा समस्याहरु रहेको स्वीकार गर्दै मन्त्री पुनले भन्सार विन्दुमा नै सुधार ल्याउने गरी काम गरिरहेको दाबी गरे ।

सबैले अर्को महिनादेखि भन्सारमा सुधार भएको महशुस गर्ने अवस्था आउने उनको दाबी छ । अर्थमन्त्री पुनले आन्तरिक राजस्व संकलनमा पनि सुधार र परिवर्तन ल्याउने प्रतिवद्धता जनाए ।

४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको पुनले बताए । नेपाल दुई ठूला अर्थतन्त्र भएका देशको बीचमा रहेकाले करिव १७ सय किलोमिटर खुला बोर्डर रहेको बताउँदै उनले खुला नाका भएकाले पनि भन्सारमा समस्या आइरहेको धारण राखे ।

मन्त्री पुनले ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य भए पनि ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि देखिएको बताउँदै यसलाई दोब्बर गर्ने गरि लाग्न उनले निर्देशन दिए ।

अर्थमन्त्री पुनले कृषिलाई सरकारले संरक्षण गर्नुपर्ने देखिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार