घट्दो कृषि विकास बैंकको आधार दर, सस्तिँदै कर्जाको ब्याजदर

Prabhu

काठमाडौं ।कृषि विकास बैंकले आधार दर निरन्तर घट्दै आएको छ । हाल बैंकको आधार दर एकल अंकमा  छ ।

निक्षेप तथा कर्जा व्यवस्थापनमा खास ध्यान दिई निक्षेप तथा कर्जाको पोर्टफोलियो व्यवस्थापन गर्दै आएको छ, आधार दर क्रमश: घटाउदै लैजान बैंक सफल भएको छ ।

बैंकको आधार दर घटेसँगै कर्जाको ब्याजदरमा सस्तो बन्दै गएको छ, अर्थात् बैंकले कम ब्याजदरमै कर्जा उपलब्ध गराउने  सक्ने भएको हो । बैंकको वेस रेट घटेसंगै बैंकको लगानी क्षमतामा उच्च वृद्धि भएको छ । बैंकले चैत्र महिनाको लागि ८.८८ आधार दर कायम गरेको छ ।

बैंकको व्यवसायिक कर्जा लगानीको व्याजदर एकल अंकमा झारेको हो । आधार दर घट संगै किसानले उपयोग गरेको कर्जाको ब्याजदर पनि घटेको छ । कर्जाको पोर्टफोलियोमा कृषि कर्जाको हिस्सा वढी रहेको छ । बैंकले संस्थागत तथा व्यक्तिगत हायर पर्चेज कर्जामा जोड दिएको छ । निजी सवारी साधन खरिदका लागि खरिद मुल्यको ६५ प्रतिशत र विद्युतिय गाडीमा ८० प्रतिशतसम्म कर्जा लगानी गरी सेवा विस्तार गर्ने बैंकले जनाएको छ ।

किसानको कर्जाको व्याजदरको असर समग्र आर्थिक प्रणालीमा हुने गर्दछ । कम ब्याजदरले कृषि उत्पादनको लागत घट्न गई वजारमा मुल्य वृद्धिको चापमा कमी आउने गर्दछ । बैंकले आगामी दिनमा अझै आधार दर घटाउदै लैजाने बताएको छ ।

कृषिलाई नछोड्ने, अरुलाई जोड्ने दिर्घकालीन नीति अवलम्वन गरेको बैंकले सरकारी कारोवार, साना किसानको लागि सरल कृषि कर्जा लगानी, साना तथा मध्यम उद्योगका लागि लगानी गर्दै आएको छ । बैंकले हालका दिनमा ठूला आकारका व्यवसायिक कर्जामा समेत जोड दिदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार