पर्यटन बोर्डको आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार छ -मन्त्री तामाङ

Prabhu

काठमाडौं ।नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङलाई स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन् । स्वागत कार्यक्रममा तामाङले पर्यटन क्षेत्रको विकासको लागि आवश्यक नीतिगत सुधारको लागि मन्त्रालय तयार रहेको बताउँदै बोर्डलाई प्रभावकारी ढंगले पर्यटन प्रवद्र्धनका कार्य गर्न आग्रह गरेका थिए। पर्यटन विकासका लागि अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन रणनीति अनुरुप क्रमशः काम गर्दै अघि बढ्ने उल्लेख गर्दै मन्त्री तामाङले मन्त्रालयले रचनात्मक कार्यका लागि सरोकारवालासबैसंग सहकार्य गररै अघि बढ्ने बताए ।

उनले भने ‘केही नीतिगत कुराहरु रहेका छन् त्यसलाई क्रमशः सुधार गर्दै लगिनेछ । रिक्त रहेका बोर्ड सदस्य नियुक्ति देखि कार्यकारी प्रमुखको छनोट लगायतका सबै काम प्रक्रियामा छन् । अब यी सबै काम छिट्टै टुगिंन्छ ।’ मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा.दीपक काफ्लले बोर्डको विगत गौरवपूर्ण रहेको चर्चा गर्दै पर्यटन प्रर्वद्धनका लागि बोर्डलाई थप चलायमान बनाउनु आजको आवश्यक्ता रहेको बताए । बोर्डका कार्यकारी सदस्य मदन आचार्यले पर्यटनमा निजी क्षेत्रको अर्बौ लगानी भइसकेको अवस्थामा निजी क्षेत्रमैत्री कानून र सोही अनुरुपको सहकार्य आवश्यक भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार