अमेरिकि डलरको मुल्यमा लगातार बृदी कतिमा हुँदैछ आजको कारोबार

Prabhu

काठमाडौं ।अमेरिकी डलरको भाउमा लगातार वृद्धि भइरहेको छ । शुक्रबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७४ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबार अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७६ पैसा र बिक्री दर १३३ रुपैयाँ ३६ पैसा रहेको थियो ।

यता, बुधबार खरिद दर १३२ रुपैयाँ ५६ पैसा र बिक्री दर १३३ रुपैयाँ १६ पैसा रहेको अमेरिकी डलर मंगलबार खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोको खरिद दर १४४ रुपैयाँ ८३ पैसा र बिक्री दर १४५ रुपैयाँ ४८ पैसा रहेको छ । यसैगरी, शुक्रबार बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ०८ पैसामा कारोबार भइरहेको छ ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ६५ पैसा र बिक्री दर ८८ रुपैयाँ ०४ पैसा रहेको छ ।

शुक्रबार मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १५ पैसा र बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ३९ पैसा र बिक्री दर ३५ रुपैयाँ ५५ पैसा रहेको छ । शुक्रबार साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ छ भने बिक्री दर १० रुपैयाँ ०५ पैसा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार