ट्रष्ट माइक्रो इन्स्योरेन्सको आैपचारिक सेबा सुरु

Prabhu

काठमाडौं ।ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले लघु निर्जीवन बीमा व्यवसाय आपचारिक सुरुवात गेरको छ । माइक्रो इन्स्योरेन्सको लुम्बिनी प्रदेशका निर्वतमान मुख्यमन्त्री सदस्य लिला गिरीले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा पुर्बमुख्यमन्त्री  गिरीले आर्थिक समृद्धीका लागि मुलुकमा रोजगारी श्रजना हुनुपर्ने बताउदै, कृषि क्षेत्रलाइ अगाडि बढाउन सके  समृद्धीको यात्रा पुरा  हुने बताए । उनले मुलुक बनाउन मुलुकमा स्थिरता जरूरी रहेको उल्लेख गरे । उनले नेपालीलाई बीमाको मुलधारमा ल्याउन जरुरी रहेको भन्दै लगानी सुरक्षितका लागि पनि बीमा अनिर्बाय रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण संचालक सन्तोष रिजालले मुलुकको अर्थतन्त्रको एक खम्बा बीमा भएको भन्दै अब फास्ट मुभरका रूपमा काम गर्न आग्रह गरे । उनले धेरै अगाडीको बाटोमा आउने चुनौतीको सामना गर्दै अघि बढेर सफल बन्न आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरण सहनिर्देशक साम्भाराज लामिछानेले राम्रो कामका लागि प्राधिकरण सधै साथमै रहने बताए ।

प्राधिकरणका लुम्बिनी प्रमुख पुर्णबहादुर थापाले जनतालाइ सरल सेवा सहज र दाबि भुक्तानी सहज बनाएर काम गर्न सुझाव दिए ।

कम्पनीका अध्यक्ष जगत पोखरेलले चुक्तापूँजी ७५ करोड रुपैयाँ रहेको ट्रष्ट माइक्रो इन्स्योरेन्सले निर्जीवन बीमाको पहुँच बृद्धिमा अग्रसर भएर काम गर्ने बताए । अध्यक्ष पोखरेलले बीमा कम्पनीलाइ मुलुकै एक नम्बर बनाउने गरि काम गर्ने दाबी गरे । उनले स्थानीय सरकार र प्रदेश हुँदै संघीय सरकारसँग समन्वय गरेर रूपन्देहीलाई आर्थिक हब बनाउन चाहेको बताए । आफुहरुले आँटका साथ गरेको कामलाइ सकारात्मक रुपमा सहयोग र प्रमोसन गरिदिन समेत आग्रह गरे । उनले ग्राहकमैत्री बीमा सेवा प्रदान गरी विश्वासनीय ढंगले काम गर्ने बताए ।

‘हामी लुम्बिनी प्रदेशको रुपन्देही बुटवललाई आर्थिक राजधानी बनाउन चाहन्छौँ । कुरा गरेर मात्रै आर्थिक राजधानी हुँदैन । त्यसैले हामीले काम गर्न आएका हौँ । हामी स्थानीय नै भएका कारण थप सहज हुने बिश्वास लिएका छौँ ।’ उनले भने ।

त्यस्तै मध्यम वर्गका नेपाली, साना तथा मझौला व्यवसायीहरुलाई बीमाको मूल धारमा ल्याउने र उनीहरुको सम्पत्तीमा दैवीप्रकोप, आकस्मिकजन्य दुर्घटनाबाट हुने हानी, नोक्सानी, तथा जोखिमलाई न्यूनिकरण गर्न सघाउने उद्देश्यका साथ माइक्रो इन्स्योरेन्स कम्पनी संचालनमा ल्याइएको पोखरेलको भनाइ छ ।

उद्घाटनका दिन २ जनाले बीमालेख खरिद गरेका छन् । निश्चल न्यौपानेको नाममा बाबु नारायण न्यौपानेले कारको बिमा , ईश्वर भण्डारीले घरको बीमा गरे । यस कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आभद् ७१ जना यसका शेयर सदस्य छन् । लघु बीमाले  ५० लाख सम्मको मात्रै बीमा गर्न पाउने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार