मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भाबना

Prabhu

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणाली (Induced Low pressure system) को प्रभाव रहेको छ।

कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  र बाँकी  भु-भागमा  आंशिक देखि मुख्यतया सफा  रहेको छ ।

 कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरू र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार