आज फागु पुर्णिमा मनाईदै

Prabhu

काठमाडौं । फागु पुर्णिमा अर्थात होलि पर्व आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व पहाडमा मनाएको एकदिन पछि अर्थात सोमबार भने तराईमा मनाइन्छ । होलि पर्बमा आफन्त साथीभाइहरु मिलेर एकआकसमा  रङ लगाई भाबना साटासाट गरेर  खुसी हुँदै फागु पुर्णिमा मनाइन्छ  ।

काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् ।

” फागु पूर्णिमामा एकापसमा रङ, अबिर दलेर रमाइलोमात्र गरिदैन नाचगान पनि गरिन्छ । बूढापाका, युवा र बालबालिका पनि हौसिएर नाचगानमा भाग लिन्छन् ।

सत्यको विजय र असत्यको नाश भएको उत्सवका रूपमा होलीपर्व मनाइने गरिएको मानिन्छ ।

” होलीपर्व सभ्य र व्यवस्थित बनाउन जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा संयन्त्रलाई बलियो बनाएको बताएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार सुरक्षाका लागि चार सयभन्दा बढी कर्मचारी खटाइएको छ । अनुमतिबिना कसैलाई पनि रङ लगाउन नपाइने, लोला हान्न नहुने, मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउन पाईने छैन । । यदि कसैले नियम विपरीत गरेमा तत्काल कारबाही गरिने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार