राष्ट्र बैंकले सुरु गर्यो १० बाणिज्य बैंकको अन्तर्राष्ट्रिय फर्मबाट अडिट गर्ने प्रक्रिया

Prabhu

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका दश बाणिज्य बैङ्कको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने भएको छ । राष्ट्र बैङ्कले वाणिज्य बैंकको लेखापरिक्षण गराउन अन्तराष्ट्रिय अडिट फर्महरुलाई अडिट नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको छ ।

जारी बोलपत्र अनुसार योग्यता पुगेका इच्चुक अन्तराष्ट्रिय फर्महरुले अप्रिल ६ (चैत२५ )१२ बजे वा सो भन्दा अगाडि आबेदन दिइसक्नुपर्नेछ । प्रतिष्पर्धामा सहभागि हुने फर्महरुले आबेदन दिन तोकिएको अन्तिम दिन सार्बजनिक बिदा भएमा थप एक दिन थप हुनेछ नेपाल राष्ट्र बैङ्कले जारी गरेको बोलपत्रमा उल्लेख छ ।

बोलपत्रमा उल्लेख भएअनुसार अडिट फर्महरुलाई योग्यतामा ५०% अनुभबमार४०% र परामर्श फर्म र प्रमुख कर्मचारीको क्षमतामा १०% अंकभार तोकिएको छ । आसयपत्रको मुल्याङ्कनको आधारमा अन्तिम छनौट सुचीमा परेका  फर्महरुले मात्र प्राबिधिक र बित्तिय प्रस्ताब पेश गर्न सक्नेछन् । फर्महुले अन्तिम छनौट सुचिमा पर्न न्युनतम ७० अंक प्रापत गर्नुपर्ने छ ।

छनौट भएको अडिट फर्मले  बैंकको ऋणको गुणस्तर, ऋणमा नियन्त्रण, खराब कर्जा म्यानेजमेन्ट, धितो मुल्यांकन लगायत विषयलाई हेर्नेछ । त्यस बाहेक बैंकहरुको प्रोभिजनिङको अवस्था र वासेल ३ को कार्यान्वयनको अवस्थाको पनि अध्ययन गर्नेछ । यस्तै नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याडर्ड (एनएफआरएस) कार्यान्वयनको अवस्था कस्तो छ ? भनेर पनि अडिट फर्मले चेकजाँच गर्नेछ ।

अन्तराष्ट्रिय अडिट फर्मले गरेको  बैङ्कहरुको सो अडिट रिपोर्ट सार्वजनिक गरिने छैन  । दक्षिण एसियामा नेपाली बैंकको स्तर कुन लेवलमा छ भन्ने कुरा सो प्रतिवेदनले छुट्याउने राष्ट्र बैंकले बताएको छ  ।

राष्ट्र बैंकले २० वाणिज्य बैंक मध्ये १० बैंकको अडिट गराउन लागेको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परिक्षणमा पर्ने बैंकहरुमा क्रमशः नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैङ्क रहेका  छन् ।

अडिटको सम्पुर्ण दायित्व नेपाल राष्ट्र बैंकले ब्यहोर्ने छ । अडिट कम्पनी छनौट असार महिनासम्म टुंगिने छ।

सो अडिट गर्ने फर्म एउटै मात्र छानिनेछ । छानिएको फर्मले २ पटक गरी अडिट सक्नेछ । पहिलो चरणमा ५ बैंक र दोस्रो चरणमा ५ बैंकको अडिट गरिने छ । छानिएको फर्मले नेपाली  अडिट फर्मसँग पनि सहकार्य सक्नेछ ।

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग विस्तारित कर्जा सुविधा (इसीएफ) लिएको छ । सो कर्जा लिदाँ को सर्त मध्ये एक सर्तको रुपमा ठूला १० वटा वाणिज्य बैंकहरुको अडिट अन्तराष्ट्रिय स्वतन्त्र अडिटरहरुबाट गराउने  छ । सो शर्त बमोजिम नेपाल राष्ट्र बैंकले यी १० बाणिज्य बैंकहरुको अडिट गराउन लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार