सुनको मुल्यमा सामान्य बृदी कतिमा हुँदैछ कारोबार

Prabhu

काठमाडौं । आज सुन र चाँदी दुबैको मूल्य बढेको छ। सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेको हो भने चाँदीको १५ रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन भने प्रतितोला १ लाख २६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

गत शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

शुक्रबार १ हजार ५०० रुपैयाँमा कारोबार भएको चाँदीभने आज मुल्य बढेर १ हजार ५१५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार