नबिल बैंकले गर्यो युवा र विद्यार्थीमाझ बित्तित साक्षरता कार्यक्रम १९ सय भन्दा बढि लाभाम्वित

Prabhu

काठमाडौं । नबिल बैंकले ’ग्लोबल मनी विक २०२४’ को अवसरमा युवा र विद्यार्थीमाझ  वित्तीय जागरण ल्याउन वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

मार्च १८ देखि २४ गतेसम्म विश्वभर ‘Protect your money, secure your future’ भन्ने मूल नाराका साथ सञ्चालित ग्लोबल मनी विकमा बैंकले सातै प्रदेशमा १९ सय भन्दा बढी विद्यार्थीको माझ सो कार्यक्रम गरेको हो । कार्यक्रममा बचत, बजेटिङ, लगानी, डिजिटल वित्तीय साक्षरता, साइबर सुरक्षा लगायतका विषयमा सिकाएको बैङ्कले जनाइको छ ।

’ग्लोबल मनी विक २०२४’ मनाउने क्रममा बैङ्कले गण्डकि प्रदेसमा भने बैङ्कले लोफा पोखरासँगको सहकार्यमा बिध्यार्थीहरुको बिचमा वित्तीय साक्षरता विषयमा चित्रकला प्रतियोगिता गरेको थियो ।

यसका साथै चितवनमा नेपाल बैंकर्स एसोसिएसन चितवनले आयोजना गरेको वित्तीय साक्षरता सम्बन्धि र्‍यालिमा बैंक सहभागि  थियो ।

नबिलले वित्तीय साक्षरता विस्तार गर्न तथा डिजिटल बैंकिङलाई अभिप्रेरित गर्नको लागि विभिन्न किसिमका कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक उद्यमशीलता विकासको लागि ‘नबिल एसएसई’ लगायतका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ  भने युवा तथा विद्यार्थी केन्द्रित सस्तो ब्याजदरमा शैक्षिक कर्जा, युवा उद्यमशील कर्जा पनि प्रबाह गरिरहेको छ ।

बैंकले २६७ शाखा  २२  एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट बैङ्किङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार