गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

Prabhu

काठमाडौं । गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त सहकारीमा परेको छ   । भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयले मंगलबार गौतमश्री बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

सहकारी विभागको सिफारिसमा गौतमश्री सहकारी लाई समस्या ग्रस्त घोषणा गरिएको हो । गौतमश्री सहकारीलाई सहकारी ऐन, नियम, मूल्य मान्यताविपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेकोले कारबाही गरिएको हो ।

उक्त संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी कार्य गर्न सोही ऐनको दफा १०५ बमोजिम गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार