सामान्य बढ्यो सुनको मुल्य कतिमा हुदैँछ कारोबार

Prabhu

काठमाडौं । आज छापावाला सुनको मुल्य प्रतितोला एकलाख छब्बिस हजार आठसय  कायम भएको छ । हिजो एकलाख छब्बिस हजार तिनसयमा  कारोबार भएको  छापावाल सुनको मुल्य आज प्रतितोला पाँचसयले बढेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुनको मुल्य हिजोको मुल्यमा चार सय बढेर एकलाख छब्बिसहजार दुइसयमा कारोबार भईरहेको  छ  । हिजो तेजाबी सुनको मुल्य एकलाख पच्चिस  हजार  आठसयबाट प्रतितोला रहेको थियो ।

आज चाँदी भने हिजोको मुल्यमा १५ रुपैँयाले घटेर चौधसय नब्बे प्रतितोला कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार