सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न

Prabhu

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरामा भएको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत  रहि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखलाई सम्मान गर्नु रहेको थियो । यसका  साथै आगामी व्यापार रणनीति बारे छलफल भएको थियो ।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल,कम्पनीको सम्पूर्ण व्यवस्थापन टिम र शाखा प्रमुख सहित ६० जनाको सहभागि थिए ।

व्यवस्थापन टिमले लगनका साथ काम गर्न शाखा प्रमुखलाई प्रोत्साहित गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार