२६ अर्ब १६ करोडको ब्यापार गर्दा नेपालका निर्जीबन बीमा कम्पनीहरुको कसको हिस्सामा कति

Prabhu

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनिले  फागुन महिनासम्ममा २६ अर्ब  बीमा शुल्क प्राप्त  गरेका छन् । नेपाल बीमा प्राधिरकणले सार्बजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीले  फागुन मसान्त सम्ममा १९ लाख १६ हजार ६६६  बीमा पोलिसी बिक्रि गरी २६ अर्ब १६ करोड ५० लाख बीमा शुल्क प्राप्त गरेका हुन् ।

यो अबधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ । शिखरले ३ अर्ब ७१ करोड रुपैयाँ बीमा शुल्क प्राप्त गरेर पहिलो स्थानमा छ भने सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यो अबधिमा ३ अर्ब ४ करोड बीमा शुल्क प्राप्त गरेर दोस्रो स्थानमा आएको छ त्यसैगरि यो अबधिमा २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन  गरेर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स तेस्रो बनेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ३० करोड बीमा शल्क प्राप्त गरेको छ भने नेको इन्स्योरेन्सले २ अर्ब ११ करोड बीमा शुल्क प्राप्त गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ८ करोड बीमा शल्क प्राप्त गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले १ अर्ब ७४ करोड बीमा शल्क प्राप्त गरेको छ । एनएलजी इन्स्योरेन्सले १ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शल्क प्राप्त गरेको छ ।

त्यसैगरी सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ५६ करोड बीमा शल्क प्राप्त गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब २३ करोड बीमा शुल्क प्राप्त गरेको हो। प्रभु इन्स्योरेन्सले १ अर्ब २० करोड बीमा शुल्क गरेको छ ।

ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब १८ करोड रुपैयाँ कुल बीमा शुल्क प्राप्त गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले ९९ करोड र नेशनल इन्स्योरेन्सले ७६ करोड बीमा शुल्क प्राप्त गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार