सुरु भयो एसइइ परिक्षा कति छन् सहभागी

Prabhu

काठमाडौं । आजबाट (एसईई) परिक्षा सुरु भएको छ  ।  परिक्षा बिहान ८ बजेबाट ११ बजेसम्म सम्म हुने छ । इसईइ परिक्षा आज सुरु भएर चैत २७ गते सकिने छ ।

यसपालीको एसईइ परिक्षामा  सार्वजनिक तथा नीजी बिध्यालय गरि  १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी छन् ।  यसपालीको  यसईइ परिक्षामा पाँच सय छ विद्यालयका १५ हजार सात सय ४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका रहेका छन् । यसपाली एसइइ परीक्षामा सहभागी बिध्यार्थी मध्ये  २ लाख ५० हजार ७ सय ७२ छात्र छन् भने २ लाख ५३ हजार ६ सय २७ छात्र छन् । त्यस्तै १५ जना अन्य समूहबाट परीक्षा दिँदै छन् ।

बोर्डका अध्यक्ष डा महाश्रम शर्माकाअनुसार यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने ब्यबस्था गरेको छ  ।

यसपालिको एसइइ परिक्षामा सहभागी बिध्यार्थीले एक सय पूर्णाङ्कमा ३५ र ७५ पूर्णाङ्कमा २७ अङ्क अनिबार्य ल्याउनु पर्ने छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउने बिध्यार्थीले  कक्षा ११ मा भर्ना हुन पाउने छैनन् । ३५% अंक नल्याउने बिध्यार्थीले  स्तर बृदी दिई स्तर बृदी गरेपछि मात्र ११ कक्षामा भर्ना पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार