मनोज गजुरेल बने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडर

Prabhu

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्मपनीको ब्राण्ड एम्बेसेडरमा हास्यब्याङ्य कलाकार मनोज गजुरेल नियुक्त भएका छन् । हास्यब्याङ्य क्षेत्रमा छुट्टै पहिचान बनाएका गजुरेललाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ब्राण्ड एम्बेसेडर बनाएको छ   ।

एक कार्यक्रमबीच प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गजुरेलले सम्झौता गरेका हुन्  । सम्झौतामा  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाई  र कलाकार गजुरेलले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा  प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले कला र हास्यव्यंग्य क्षेत्रका नक्षत्रलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ‘ब्राण्ड एम्बेसडर’ बनाउन पाउँदा गौरवान्वित भएको बताउदै कलाकारिताको माध्यमबाट जनमानसमा बस्न सफल गजुरेलको कम्पनीसँगको आवद्धताले कम्पनीको प्रचार प्रसारमा विशेष उचाइ लिने विश्वास व्यक्त गरे । भने गजुरेलले जीवन बीमा जस्तो पवित्र कार्यमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्ससँग सहकार्य गर्न पाउँदा खुसी  लागेको बताए  ।

सम्झौतापछि ब्राण्ड एम्बेसडर गजुरेलले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सेवाहरुको प्रचारात्मक कार्य, कार्पोरेट ब्राण्ड पवद्र्धन तथा संरक्षण, सम्बन्धी कार्य गर्ने प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ । सम्झौता एक वर्ष कायम रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार